भिडियो मार्फत मन्त्रिपरिषद बसेकोमा कांग्रेसको आपत्ति, सोध्यो 'संसद बैठक पनि त्यसै गर्ने हो ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 01:32:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद्को बैठक संचालन गरेकोमा आपत्ति जनाएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खानले भिडियो कन्फरेन्स मार्फत बैठक संचालन गरिनु आपत्तिजनक भएको बताएका हुन् 

उनले भने 'प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको छ, फेरी कार्यबाहक प्रधानमन्त्री पनि हुनु हुन्छ, यो आफैमा गम्भीर विषय हो '। उनले प्रधानमन्त्री नहुँदा मन्त्रिपरिषद्को बैठक बस्ने सक्ने भए सभामुख नहुँदा पनि भिडियो कन्फरेन्स मार्फत बैठक बस्न सक्ने कि नसक्ने भन्दै प्रश्न गरे । त्यस्तै उनले प्रधानन्यायधीश नहुँदा पनि भिडियो कन्फरेन्स मार्फत न्यायपरिषद बैठक बस्न सक्ने कि नसक्ने भन्दै प्रश्न गरे 

यसले प्रविधिको दुरुपयोग भएको भन्दै उनले भिडियो कन्फरेन्सको माध्यम बाट बैठक गर्न सक्ने भनि गरिएको संशोधनलाई तत्काल सच्यांउन समेत आग्रह गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved