‘नाडा’ मा सवारीको प्रचारः १५ फोटोमा हेर्नुस सुन्दरीको ‘ग्ल्यामर’ अवतार

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 27, 2019 | 02:11:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेसंगै आजदेखि गाडीहरुको कुम्भ मेला मानिने ‘नाडा अटो शो’ विधिवत रुपमा सुरु भएको छ । मेलामा चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि ९५ ब्राण्डको सहभागिता रहेको छ । 

गाडी खरिद गर्न चाहनेलाई वित्तीय तथा बीमा सेवा दिने उदेश्यले १३ बैंक वित्तीय संस्थाले समेत मेलामा सहभागिता जनाएका छन । सहभागिता जनाउनेमा एक विकास बैंक, ११ बाणिज्य बैंक र एक बीमा कम्पनी छन। सबैको बैंकको उदेश्य भनेको प्रदशनीस्थलबाट गाडी खरिदकर्तालाई वित्तीय सेवा प्रदान गर्ने हो । 

व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कानुनी व्यवस्था छ । यद्दपी गाडी किन्दा ग्राहकलाई दिने ऋणको कर्जामा लाग्ने ब्याजको दर, कर्जा अवधि तथा अन्य सहुलियत तथा सुविधा भने बैंकपिच्छे फरक फरक हुने गर्दछ ।

मेला सुरु भएसंगै मेला भ्रमण गर्ने अवलोकनकर्ताको भिड लागेको छ । मेलामा गएकाहरुलाई हेर्नका लागि गाडी र बाइक जति आकर्षण बनिरहेका छन त्यसैगरि सम्बन्धित कम्पनीका गाडी र बाइकबारे जानकारी दिईरहेका सुन्दरीहरु पनि आकर्षणको केन्द्रबिन्दु बनेका छन ।  

अन्य प्रदर्शनी भन्दा यो प्रदर्शनीको माहोल निकै रोचक देखिएको छ। किनकी प्रदर्शनीको पहिलो स्टलदेखि अन्तिमसम्म सवारीसंगै मोडलहरु उभिएका छन्। जसले अबलोकनकर्ताहरुको नजर तानिरहेका छन् । प्रदर्शनीमा पुगेका अबलोकनकर्ताहरु कोही चिल्ला सवारीसाधनसंगै बसेर सेल्फी खिचिरहेका भेटिन्छन भने कोही संगै रहेका मोडलसंग टाँसिएर सेल्फी खिचिरहेका भेटिन्छन ।

हेर्नुहोस् सुन्दरीको ‘ग्ल्यामर’ अवतारः  

फोटो हेर्नको लागि फोटोको दाहिने पट्टि देखिने खैरो लाइनमा वा दाहिने तर्फ नै देखिने सानो बक्समा क्लिक गर्नुहोला , फोटोलाई ठुलो पारेर हेर्नको लागि फोटोको बीचमा क्लिक गर्नु होला : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved