यातायात मन्त्रीकै गाडीमा ट्राफिक प्रहरीको ‘ह्वील लक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 01:30:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरिदिएको छ । 

बानेश्वर आसपासमा जथाभावी पार्किङ गरेर राखिएका सवारी साधानमा ट्राफिक प्रहरीले ह्वील लक लगाउने क्रममा मन्त्री महासेठको गाडी पनि परेको हो । उनको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकिएको अवस्थामा थियो । बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिकले ह्वील लक गरिदिएको हो । 

उक्त गाडीका चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved