केसिएल अस्ट्युट क्यापिटलका ग्राहकलाई किताब किन्दा ५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 02:19:34 PM मा प्रकाशित

laxmi  sunrise bank

केसिएल अस्ट्युट क्यापिटलका ग्राहक र शेयरधनी र कर्मचारीलाई किताब किन्दा ५ प्रतिशत छुट हुने भएको छ । किताब यात्रा प्रा.लि. र केसिएल अस्ट्युट क्यापिटलबीच सम्झौता भएसँगै केसिएलबाट किताब यात्राका ग्राहक, शेयरधनी र कर्मचारीले लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्कमा ३३ प्रतिशत छुट प्राप्त गर्ने र किताब यात्राबाट केसिएलका ग्राहक, शेयरधनी र कर्मचारीले विभिन्न विधाका किताब खरिदमा ५ प्रतिशत छुट पाउने भएका हुन् । 

सम्झौतामा किताब यात्राका प्रमुख कार्यकारी अधिकृत ऋषिराम अधिकारी, वित्त तथा कानून सल्लाहकार सन्तोश ज्ञवाली र केसिएल अस्ट्युट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदीले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved