टेलिकन्फ्रेन्स बैठक सुरक्षित छः प्रधानमन्त्री सचिवालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 02:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिकन्फ्रेन्स मार्फत बसेको पहिलो मन्त्रिपरिषद् बैठकको गोपनियताबारे प्रश्न उठेपछि प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट टेलिकन्फ्रेन्स मार्फत राखेको मन्त्रिपरिषद् बैठकबारे धेरैतिरबाट यसको गोपनीयतामा प्रश्न उठ्न थालेपछि आइटी विज्ञ अलिले टेलीकन्फ्रेन्स मार्फत बसेको उक्त बैठक पूर्ण सुरक्षित रहेको भनेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गोपनीयताबारे भ्रम नफैलाउन आग्रह पनि गरेका छन् ।

हेर्नुहोस् अलीको स्टाटसः

हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN -Virtual Private Network प्रयोग गरेका छौं ।प्रधानमन्त्रीज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrypt हुन्छ । Encrypted data cloud मा जान्छ । Cloud बाट TP Server (Tele Presence) ले उक्त data ग्रहण गर्छ । त्यसपछि पुन: decrypt हुन्छ र अन्तिममा Action Room काठमाडौँ मा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णत: सुरक्षित रहन्छ ।

सुरक्षा गोपनियताको आचारसंहिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ । सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आट गर्न सक्दैन । यसलाई सामान्य skype call, facebook live, youtube streaming जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved