साउनमा अर्थ मन्त्रालयले बाड्यो ६५ लाख, ५७ लाख रकमान्तर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 04:11:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले नयाँ आर्थिक बर्षको पहिलो महिनामा नै ६५ लाख बराबरको आर्थिक सहायता वितरण गरेको छ ।  मन्त्रालयले विभिन्न १४ जनालाई यो रकम वितरण गरेको हो  । 

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार मानव अधिकारीवादी नेता टेकनाथ रिजाल सहित १२ जनालाई गरी कुल ५९ लाख आर्थिक सहायता उपलब्ध गराएको हो। त्यस्तै कन्चनपुर् घटना घाइते भएका अर्जुन भण्डारी र उनको कुरुवा समेतलाई मासिक २५ हजारको दरले एक बर्षको ३ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

साथै मन्त्रालयले धादिंङका बेनिघाट रोराङ निवासी केशव बिसुराललाई ३ लाख आर्थिक सहयोग दिएको छ ।

मन्त्रालयले साउन महिना मै प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्न भन्दै १० लाख र सरकारी सार्वजनिक र गुठि जग्गा संरक्षण सम्बन्धि जांचबुझ आयोगलाई ४७ लाख ६५ हजार १ सय ६७ रुपैयाँ गरि कुल  ५७ लाख ६५ हजार  रकमान्तर गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved