सित्तैमा ल्वाङ पनि नलिने सिधाकुराका 'पत्रकार' लाई कसले दियो उपहारमा कार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 12:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

न्युज२४ बाट प्रसारण हुँदै आएको ‘सिधाकुरा जनतासंग’ का उत्पादक दिपक बोहोरालाई एक व्यवसायीले कार उपहार दिएको खुल्न आएको छ। जापान बस्ने नेपाली नागरिक डिपी अर्याल नाम गरेका व्यक्तिले कार उपहार दिएको बोहोराले आफ्नो फेसबुक आइडी मार्फत जानकारी दिएका छन।    

“मलाई पनि भित्री आत्मादेखि माया र स्नेह गर्ने दाइहरु छन् । डिपी अर्याल दाइ जसले आफ्नो जीवनको पहिलो यती राम्रो गाडी दिनुभयो । यो गाडी म जीवनभर माया गरेर चलाउने छु । थ्याङ्क यू सो मच दाई ।” बोहोराले अर्याललाई धन्यवाद दिँदै आफ्नो फेसबुकमा लेखेका छन।

पत्रकार आचार संहिताको बुँदा नम्बर १३ मा “पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।” भन्ने उल्लेख छ। यद्दपी अर्यालले बोहोरालाई आफन्त वा नातेदार भएर उपहार दिए वा कुनै व्यवसायीक सम्बन्धका कारण दिए भन्ने कुरा भने खुलेको छैन ।   

उपहार दिने अर्याल रेमिटेन्स कम्पनी इजि लिंकका सञ्चालक हुन। अर्यालले केहि समय पहिले ‘सिधाकुरा जनतासंग’ का सञ्चालक रवि लामिछाने र उत्पादक बोहोरालाई जापान लगेर इजिलिंकको प्रचार गरेका थिए। अस्पताल बनाउने भन्दै इजी लिंकले सेवाग्राहीबाट अतिरिक्त एक सय रुपैयाँ उठाउदै आएको जापानमा बस्ने नेपालीहरु बताउँछन।       

रवी लामिछाने प्रस्तोता रहेको 'सिधा कुरा जनतासंग' सामाजिक विकृतिको प्रदाफासमा केन्द्रित कार्यक्रम भएको बोहोराले दाबि गर्दै आएका छन। पत्रकार सालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदातलबाट धरौटीमा रिहा भएपछि बृहद सभालाई सम्बोधन गर्दै रबि लामिछानेले आफ्नो टिमले सित्तैमा ल्वाङ पनि नखाएको दावी गरेका थिए। तर यहि कार्यक्रमका संचालक बोहोराले उपहारमा कार लिएको कुरा अहिले सामाजिक संजालमा भाइरल बन्दै गएको छ।       

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved