छहराबाट खसेर श्रीजंग गणका एक सैनिकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 03:02:09 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङमा छहराबाट खसेर एक सैनिकको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका १, गाइखुरेस्थित छहराबाट खसेर श्रीजंग गणमा कार्यरत लेसनायक ३१ वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । 

विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम लिईरहेका विद्यार्थीका लागि गणले आयोजना गर्ने साहसिक क्यानोयिङ तालिमको तयारी गर्न छहरा सरसफाईमा खटिएका उनको करिब १ सय मिटर माथिको उचाईबाट खसेर ज्यान गएको हो । 

गणका गणपति प्रमुख सेनानी शिखर जबराका अनुसार माथिबाट आएको ढुंगा छल्ने क्रममा बिहान ९ बजेतिर उनी खसेका थिए । उनको छहरा झर्ने ठाउँमा डुबेका कारण मृत्यु भएको हुनसक्ने उनको भनाई छ । 

बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved