किन रोकियो भद्रगोल ? यस्तो छ भित्रि कारण !

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2019 | 03:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

दर्शकले अति नै रुचाएको हाँस्य टेलिश्रृङखला हो भद्रगोल । तर गत महिनादेखि भद्रगोल प्रशारण भएको छैन । दर्शकले धेरै पर्खिदा निर्माता टिमले नयाँ आर्थिक वर्ष सुरु भएपछि सम्झौता गर्नुपर्ने र केही समयपश्चात आउने बताईरहे । 

तर भद्रगोल नआउनुको भित्रि कारण भने अर्कै रहेको भेटिएको छ । टिमका मुख्य पात्र समेत रहेका कुमार कट्टेल ‘जिग्री’ले विभिन्न समस्याले गर्दा आफूहरु भद्रगोल प्रशारण गर्न असमर्थ रहेको प्रष्टिकरण दिएका छन् । उनका अनुसार भद्रगोल नाम समेत निर्माण पक्षको मातहत छैन । अर्थात नाम पनि उनीहरुले प्रयोग गर्न पाउँदैनन् । 

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै जिग्रीले भद्रगोल नआउनुको कारणबारे जानकारी गराएका छन् । उनले दर्शकसँग सुझाव पनि माग गरेका छन् । 

हेर्नुहोस् उनको स्टाटसः 


भद्रगोल रोकिनुको कारण:

भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदरणीय नेपाली तथा नेपालिभाषी दाजुभाई,दिदिबहिनी हरुमा सम्मान र नमन व्यक्त गर्दछौं ।

यहाँ सम्मको यात्रामा हामिलाई साथ दिनुहुने मिडिया हब प्रा.लि.,नेपाल टेलिभिजन, सम्पुर्ण मिडिया हाउस, शुभचिन्तक, बिज्ञापन दाताहरु, प्राबिधिकहरु, संचारकर्मीहरु, सुबास कार्की "बेलासे"सर, शंकर आचार्य "बरिस्टे"दाइ लगाएत सम्पुर्णहरु प्रती कृतज्ञ छौँ ।

बिगत लामो समय देखि विभिन्न समस्याहरु तथा अबरोध का बिच पनि आफ्नो कर्मप्रती पुर्ण इमान्दार भएर भद्रगोल सिरियल मा काम गरिरहेका थियौं ।भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगोल लाई निरन्तर सन्चालनमा ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्श हरु गर्यौ।
दुर्भाग्यको कुरो भद्रगोलको नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने हामी सर्जकहरु संग भद्रगोल नामको अधिकार छैन।एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामिले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौं ।एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जनानै हुन्छ होला।
भद्रगोल टेलिसिरियलबाट केही बर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भाबले निरन्तर मोटिभेट भैइ कर्म गरिरहेयौ।पारिश्रमिक पाउने निर्णय भैइसकेपछी पनि समयमै पारिश्रमिक नपाउने,पारिश्रमिक उठाउनकै लागि टिलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दापनी दिगो तरिकाले काम गर्ने बाताबरण देखियन।हुन त हामी कलाकारको लागि पैसा भन्दापनी कला,दर्शकको माया सबैभन्दा ठुलो कुरा हो तर हामी कलाकारहरू पनि बाच्नुपर्छ ।यहि देशमा बसेर कलाप्रती पुर्ण रुपमा समर्पित भएर काम गरिरहदा आफ्नो भबिस्यप्रतिको चिन्तापनि थपिदै जादो रहेछ।
आजको दिनमा न हामिले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं,न काम गरिरहेकै संस्थासंग काम गर्ने बाताबरण छ।यो अबस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ?भगवानरुपि दर्शक हरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved