५ प्रतिशत ब्याज मै ऋण पाए पनि नलिनुस, नेपालको पैसा त्यति सस्तो छैन: मन्त्री खतिवडा (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 12:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले उद्योगको लागि लिएको जग्गा प्लटिंङ गरेर नबेच्न व्यवसायीलाई चेतावनी दिएका छन्  । उद्योगको लागि जमिन चाहिने तर ब्यवसायिलाई उद्योग खोलेर उद्योगको नाममा घरजग्गाको कारेबार नगर्नउनले आग्रह गरेका छन् ।

व्यवसायिले उद्योगको लागि २५ बिघा जग्गा किनेर २÷३ विघा जग्गामा ब्यावसाय गर्ने र बँकी रहेको जग्गा प्लटीङ गर्ने गरेको आफ्नै आँखाले देखेको उनको भनाई छ । यस्तै कृषि तथा पोल्ट्री फार्म संचालन गर्नेहरुले पनि २ बिघा जग्गामा गर्न सकिने ब्यावसायलाई ३० विघा जग्गा ओगटेर बस्ने गरेको उनको भनाई छ । 

आफुले व्यावसायिलाई यो के गरेको भन्दा 'पोल्ट्रीको केही विश्वास छैन जग्गाको भाउ बढ्ला र बेचौला' भन्ने गरेको उनले बताए । यदि ब्यवसायिले जग्गा नै हेरेर व्यवासय गर्ने हो भने घरजग्गाकै कारोबार गर्दा हुने उनको भनाई छ । ब्यवसाय नचलेर उद्योगलाई अप्ठेरो परेमा जग्गा बेच्न पाउने ब्यवस्थ गर्न लागिएको बताउदै उनले प्लटीङ गरेर बेच्न भने रोक लगाउने स्पस्ट पारे ।

साथै उनले व्यवसायीको जमिन र सम्पत्ति मात्र धितो राखेर कर्जा लगानी गर्ने परम्परालाई परिवर्तन गर्न बैंकहरुलाई निर्देशन दिएका छन। उनले सम्पती मात्रै नभई ब्यवसायलाई पनि हेरेर कर्जा दिन बैंकहरुलाई आग्रह गरेका हुन।

राजधानीमा नेपाल चेम्बर अफ कर्मशले आयोजना गरेको नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र चुनौति विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन। 'घर र जमिन हेरर ऋण दिने हो भने व्यवसायलाई किन ऋण दिनुपर्यो, राम्रो जमिन हेरेर लगानी गरे भइहाल्यो नी', उनले भने 'त्यसैले ब्यवसायको प्रतिष्ठा र भविष्य हेरेर ऋण दिनुपर्छ । धितो भनेको दोस्रो तहको सुरक्षा भएको हो ।'

 उनले बैंकहरुलाई प्रश्न सोध्दै भने  ' ब्याज ५.९९ प्रतिशत भन्ने र एक वर्ष भित्रमा १० प्रतिशत बिन्दुको मार्जिनमा खेलवाड गरेर १५.९९ प्रतिशत ब्याज पुर्याउने दुनियाँमा कहाँ हुन्छ ?' त्यहि भएर आफुले २ दिन अगाडी पनि २ बर्ष ब्याजदर स्थिर राख्न नसक्ने भए अहिले अंकको ब्याजदरको लोभ नदेखाउन भनेको बताए । उनले ब्याजदर दर राख्न नसक्ने भए  अहीले नै ९ प्रतिशतको साटो १२ प्रतिशत भनेर लगानी गर्न आग्रह गरेका थिए।

बैंकहरुले एक वर्षमा ५ प्रतिशतको ब्याज बढाएर १३ प्रतिशत पुर्याएको गुनासो गरेपछी मन्त्री खतिवडाले बैंकहरुलाई यस्तो आग्रह गरेका हुन । उनले व्यवसायीलाई पनि ५.९९ प्रतिशतमा पैसा पाइन्छ भनेर हौसिएर कर्जा नलिन आग्रह गरेका छन् ।

निक्षेपकर्ताले नै ६ प्रतिशत ब्याज पाइरहेको अवस्थामा ५.९९ प्रतिशत ब्याजमा कर्जा नपाइने र नेपालमा पैसा यति सस्तो नरहेको उनले जिकिर गरे । बचतको ब्याजदर ५÷६ प्रतिशत हुनु राम्राृ मानिने भन्दै बचतमा त्यति ब्याज हुँदा कर्जाको ब्याजदर ९÷१० प्रतिशत हुने उनको भनाई छ । सोहि कारण साह्रे सस्तो पैसा पनि पचाउन नसकिने उनको भनाई थियो । आफुले बैंकहरुलाई स्वाभाविक रुपमा समाजले पचाउन सक्ने र उद्योग व्यावासय मारमा नपर्ने गरी नाफा कमाउन आग्रह गरिरहेको उनको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved