सुर्खेतमा २३ गाईको भिरबाट खसालेर हत्या !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 01:23:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट लगिएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका दैलेखका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार ८ वटा ट्रकमा राखिएका गाईहरु शुक्रबार बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको अवस्थामा फेला परेका छन् । ‘हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ’, प्रहरी निरीक्षक सिजापतिले भने । नौ गाईलाई भीरबाट खसेर मरेका छन् । जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते छन् ।

स्थानीयले भने सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कारवाहीको माग गरेका छन् । माउ र बाच्छा बाच्छी गरेर २३ चौपाय मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई भने बबईबाट नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved