निर्धाका लागि न्याय दिने रवी लामिछानेले आफ्नै परिवारलाई अन्याय गरेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 06:33:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित सञ्चारकर्मी रवि लामिछानेको नाममा अमेरिकाको बाल्टिमोरमा रहेको घर अझैपनि उनकै नाममा रहेको पुष्टी भएको छ । केही दिनअघि मात्र रियलटरले महिनावारी किस्ता (मोर्गेज) तिर्न नसकेको भन्दै रविको नाममा ४५ दिनको क्लोजर नोटिस जारी गरेपछि यो रहस्योद्घाटन भएको हो । 

तत्कालिन श्रीमती इशासँग सम्बन्ध विच्छेदको बेला उनले सार्वजनिक रूपमै अमेरिकाको घर पुर्वश्रीमती इशा लामिछानको नाममा गरिदिइसकेको बताएका थिए । उनले त्यतिबेला त्यसको मासिक किस्ता (मोर्गरेज) पनि आफैले तिरिदिने र दुइ छोरीको भरणपोषण पनि आफैले गरिदिने बताएका थिए । तर, यथार्थमा त्यस्तो नभएर यो उनको अर्को झुटको खेती रहेको समयक्रममा पाइएको छ । 

घरजग्गाको भाउ आकासिएको बेला महंगोमा किनेको मेरिल्याण्ड राज्यको बाल्टिमोरको घरको मोर्गेज धेरै भएकाले उनकी पूर्वश्रीमतीले त्यो समयमा तिर्न सकिनन् । आफ्ना पूर्वपतिका नाममा भएको घर कानूनी रूपमा उनको नभएकाले त्यसको मोर्गरेज तिर्ने रिस्क पनि उनले नलिएको हुन सक्छ । 

मोर्गरेज तिर्न नसकेर क्लोजरको सूचना आएपछि रविकी पूर्वपत्नी इशाले छोरीहरूसँग सल्लाह गरेर त्यसलाई बेच्ने योजना बनाइन् । त्यही योजनाअनुसार रियलटर मिस्टर कुपरका प्रतिनिधिलाई भेट्न गएकी उनलाई घर बेच्न सल्लाह दिइयो । घरको स्वामित्वको समस्या देखाएपछि रियल्टर प्रतिनिधिले छोरीको नाममा अधिकृत वारेसनामा ल्याए आफूले बेच्ने प्रवन्ध मिलाइ दिने बताए ।

त्यहीअनुसार रविकी जेठी छोरी रूचि लामिछानेले त्यो घरको अधिकृत वारेसनामा आफ्नो नाममा पठाइदिन रविलाई अनुरोध गरेको बताइएको छ । तर, समाचार सूत्रका अनुसार यतिका दिन बितिसक्दा पनि रविले अधिकृत वारेसनामा पठाएका छैनन् ।

अधिकृत वारेसनामा नआएकाले घर बेच्ने प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसले गर्दा मोर्गरेज र ब्याजको भार अरू बढेको बताइएको छ ।

अमेरिकामा सामान्यत: घर किन्दा त्यसको मुल्यको १ प्रतिशत अग्रीम भुक्तानी दिएर ३० वर्षे मासिक किस्तावन्दीमा किन्ने गरिन्छ । त्यसैले फलना या ढिस्कानाको घर भने पनि ३० वर्षको किस्ता रकम नतिरिञ्जेल त्यो साहूकै हुन्छ । 

रविको सन्दर्भमा पनि त्यही लागू हुन्छ । उनले सन् २००६ को अप्रिल २६ मा बाल्टिमोर काउन्टिको पार्कभिलको क्यालिफोर्निया एभेन्यूमा रहेको ३०४२ नम्बरको घर तीन लाख १४ हजार डलरमा किनेको देखिन्छ । तर, अहिले यो घरको मूल्य रेडफिनका अनुसार घटेर दुईलाख ८५ हजार छसय ८८ मात्र कायम भएको छ ।

३० वर्षे किस्ताबन्दीमा २००६ मा किनेको किनेको घर चुक्ता हुन सन् २०३६ सम्म कुर्नुपर्छ । यसका लागि १३ वर्षको किस्ता तिरिसकिएको छ भने अझै १७ वर्षको किस्ता तिर्न बाँकि नै छ । यसरी हेर्दा यो घर रविको भनिए पनि यसको ठूलो हिस्सा मिस्टर कुपर (साहू) कै हुन्छ । 

निर्धाका लागि न्याय दिलाउँदै हिड्ने रविजस्तो व्यक्तित्वको घरमा भने अन्याय नै भैरहेको जस्तो देखिन्छ । घर श्रीमतीको नाममा गरिदिइसकेको भनेर झुट त बोले नै, मोर्गरेज तिर्न नसकेर लिलाममा जान लागेको घर बेचेर केही पैसा निकाल्न सकिन्छ कि भन्ने आशले छोरीले मागेको अधिकृत वारेसनामा पनि पठाएका छैनन् ।

बाल्टिमोरमा रहेका उनका एक शुभचिन्तक भन्छन्- 'रविको व्यक्तित्वलाई यो सुहाउने कुरा हैन । उनले जति सक्दो चाँडो अधिकृत वारेसनामा पठाएर आफ्नो वचन पूरा गर्नुपर्छ । र, छोरीहरूलाई ऋणको तनावबाट मुक्त बनाउने बाबुको कर्तव्य पनि निर्वाह गर्नुपर्ने हुन्छ ।'


ब्रेकिङ न्युजबाट साभार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved