वायुसेवा संचालक संघको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 06:47:22 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका वायु सेवाको छाता संगठन वायु सेवा सञ्चालक संघ नेपालको अध्यक्षमा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा निर्विरोध निर्वाचित भएका छन् । संघको १९औं वार्षिक साधारण सभाले थापालाई २ वर्षे कार्यकालको लागि नेतृत्व प्रदान गरेको हो । 

पर्यटनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा यति एयरलाईन्सका अनोज रिमाल, द्वतिय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराईलाई निर्विरोध चयन गरेको छ । त्यस्तै महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ्ग एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चुनिएका छन् ।

सदस्यहरुमा क्या. दिपक जे.वि. राणा, समिट हेलिकप्टर्स, योगराज कंडेल शर्मा, हेली एभरेष्ट, बालकृष्ण पण्डित, एयर डाइनेष्टि हेलि सर्भिसेज, निमा नुरु शेर्पा, अल्टिच्यूड एयर, बरुण ज्ञवाली, कैलाश हेलिकप्टर, सुवास अमात्य, प्रभू हेलिकप्टर र प्रज्वल थापा, सिम्रिक एयरलाइन्सका चुनिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved