कोलकाता बन्दरगाहमा नेपालकै 'सीएफएस' संचालनमा, व्यवसायीसंगै उपभोक्तालाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 09:23:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको कोलकाता बन्दरगाहमा भदौ १२ देखि आफ्नै कन्टेनर फ्रेट स्टेशन (सीएफएस) संचालनमा आएपछि व्यवसायीहरु उत्साहित भएका छन। आयात निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्ने तर्फ पहल गर्नुपर्ने आवाज उठिरहेको बेला आफ्नै सीएफएस संचालन हुँदा ठूलो राहत पुग्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

कोलकातामा आयातकर्ताले सीएफएस भाडावापत प्रतिटन÷प्रतिदिन भारतीय रुपैया ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहत हुने महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको भनाई छ।  सीएफएस, ट्रान्जिट बन्दरगाह नजिक मालबाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पुरा भएपछि त्यसलाई अगाडी बढाउन प्रयोग हुने निश्चित ठाउ हो।  

आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अव कम खर्चमै कार्गो राख्न सक्ने र यसले सीएफएसमा करिव ५ सय कन्टेनर राख्न सकिने वुझिएको छ। यसले व्यवसायीको लागत घटाउँदा त्यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्तामा पर्ने अपेक्षा गरिएको छ। 

२०७५ फागुन ३ गतेदेखि तेस्रो मुलुकबाट भारतको कोलकाता÷हल्दिया बन्दरगाह हुदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागूभएबाट नेपालको आयात र निर्यात व्यापारमा क्रमशः सुधार हुंदै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved