गड्डाचौकी नाकामा नेपाली लुटिए

रासस

रासस

Aug 31, 2019 | 02:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा मजदूरी गरेर घर फर्किदा कञ्चनपुरको गड्डाचौकी नाकामा एक नेपाली लुटिएका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको गड्डाचौकीबाट शनिबार बिहान नगद र सामान लुटिएको हो । उनको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली त्यहाँ पुगेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा सहायता कक्षको सम्पर्कमा आएका युवक बुढामगरको उपचार एवं उद्धारका लागि मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी पुगेका हुन् । महाकाली अञ्चल अस्पतालमा उपचारका लागि युवकलाई ल्याइएको भन्दै निमित्त सचिव जोशीले घटनाको सघन अनुसन्धान र लुटपाट गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन पहल गर्ने बताए ।

‘सीमा सहायता कक्षबाट खबर पाउनासाथ हामी युवकको उद्धारका लागि आएका हौं’, उनले भने, ‘अहिले युवक अर्धचेत अवस्थामा भएकाले घटनाको पूरै विवरण लिन सकिएको छैन ।’ 

प्रदेशको कानून मन्त्रालयले कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved