गोर्खा ब्रुअरीका उत्पादन गुणस्तरहीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 09:06:53 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खा ब्रुअरीले उत्पादन गरेका पेयपदार्थ गुणस्तरहीन रहेको रहेको पाईएको छ । गोर्खा ब्रअरीले उतपादन गरेको काल्सबर्ग, टुवोर्ग, गोर्खा बियर गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले गत महिना नवलपरासीमा रहेको गोर्खाको उद्योगमा अनुगमन गरी नमूना संकलन गरेरको थियो । संकलित नमूना परीक्षण गर्दा टुवोर्ग बियर गुणस्तरहीन भेटिएको विभागले जनाएको छ ।

कम्पनीले कर नतिरेको भन्दै कर कार्यालयले जरिवानासहित कर निर्धारण गरेपछि गोर्खा ब्रुअरी अदालत गएको थियो । यसबीचमा विभागले अनुगमन गरी नमूना संकलन गरेको थियो । नमूना परीक्षण गर्दा ५ सय एमएलको टुवोर्ग स्ट्रोङ क्यान वियर गुणस्तरहीन पाइएको हो ।

क्यान वियर उत्पादन गर्न एलसी पर्सेन्टको नेपाल गुणस्तर २३ (एनएस २३) अनिवार्य लिनुपर्छ । तर संकलित नमूनामा उक्त क्यान वियरको एलसी पर्सेन्टको मान नेपाल गुणस्तर २३ अनुरूप नभएको, लेभलमा ५.५ प्रतिशत अल्कोहलको मात्रा रहेको लेखिएको बोतलको परीक्षण गर्दा ४.५ प्रतिशतभन्दा कम मात्रामा अल्कोहल पाईएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी दिपक ज्ञवाली आफू तालिमको क्रममा बाहिर रहेकाले यसबारे थप जानकारी आफूसँग नभएको बताउँछन् । उनले गोर्खाका केही नमूना ल्याएर परीक्षणको क्रममा रहँदा आफू तालिममा निस्केको बताए ।

गोर्खा ब्रुअरीले भने आईतबार कार्यालयमा यस विषयमा जानकारी दिने व्यक्ति नभएको जनाएको छ । आईतबार कार्यालय छुट्टि हुने र आजै केही व्यक्ति भारत जान लागेको कारण जानकारी दिने अधिकारी नभएको गोर्खाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved