यसरी ‘फेल’ भयो नेपाली बैंकबाट अर्बौ रकम चोर्ने चिनियाँ ‘ह्याकर’को योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 01, 2019 | 10:09:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एटिएमबाट रकम चोर्दा चोर्दै ५ चिनियाँ नागरिक पक्राउ परेपछि नेपालमा आइटी बैंकिङ कति सुरक्षित छ भन्ने प्रश्न उठेको छ । एटिएमको पिन नम्बर ह्याक गरेर रकम झिक्ने गिरोह पक्राउ परेपछि सुरक्षाबारे प्रश्न उठ्न सुरु भएको हो । 

प्रहरीले पक्राउ गरेका ५ जना चिनियाँ नागरिक उतैबाट नेपालमा एटिएमबाट रकम चोर्ने र तत्काल फर्किने मनशायले नेपाल आएको बुझिएको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चीनबाट नै नेपालका एटिएमबाट रकम लुट्ने योजनाका साथा उनीहरु नेपाल आएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले ह्याकरहरु चिनबाटै नेपालका बैंकको डाटा लिएर आएको खुलेको बताए । ‘उतैबाट योजना बनाएर यो गिरोह नेपाल आएको देखिन्छ’ डिएसपी बोगटीले भने, ‘उनीहरुले चिनबाटै नेपाली बैंकको आवश्यक डाटा लिएर आएका रहेछन् । आफ्नो योजना सफल हुनासाथ चीन फर्किने मनस्थितीमा रहेको बुझिन्छ ।’ 

प्रहरीले बैंकबाट गैह्रग्राहकले रकम झिकेको सूचना शनिबार नै पाएको थियो । बैंकहरुले शनिबार बेलुका नै प्रहरीलाई एटिएमबाट पैसा झिकिएको बारे अवगत गराएका थिए । सूचना पाउनासथ अप्रेसनमा निस्किएको प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट एक जना चिनियाँ नागरिकले झोलामा पैसा बोकेको भेट्यो र तत्काल नियन्त्रणमा लियो । 

प्रहरीले एटिएमबाट एक जनालाई मात्रै नियन्त्रणमा लिएको हो । बाँकीलाई होटलबाटै समातेको हो । झोलामा पैसा बोकेका चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर उनको पिछा गर्दै प्रहरी होटलसम्म पुग्यो र बाँकीलाई नियन्त्रणमा लियो । 

उनीहरु पाँचै जना आफ्नो योजना अनुसार विभिन्न एटिएममा पुग्ने र पैसा निकालेर झोलामा राखेर कोठामा ल्याएर राख्ने गर्थे । ठमेल, दरबारमार्ग र स्रोहखुट्टे आसपास उनीहरुको लुट्ने योजना रहेको देखिने प्रहरीले अनुमान गरेको छ । डिएसपी बोगटी सूचना पाउनासाथ प्रहरीले अप्रेसन सुरु गरेका कारण धेरै लुटिनबाट बचेको बताउँछन् । प्रहरीले उनीहरुलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दैछ । 

नेपालका १५ बैंकले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई चिनियाँ गिरोहले ह्याक गरेको खुलेको छ ।

शुक्रबार मात्रै टुरिष्ट भिषामा नेपाल ओर्लिएका उनीहरुले हात्तिसारस्थित जय नेपाल हल नजिकै रहेको माया मोहर होटल बुक गरेका रहेछन् । ५ जनाको समूहमा रहेका उनीहरु उक्त होटलको तीनवटा कोठामा शुक्रबारदेखि बस्न सुरु गरे । 

पूर्व योजना अनुसार नै नेपाल आएको हुनाले उनीहरुले यहाँ नयाँ योजना बनाएनन् । काठमाडौँ ओर्लिएको एक दिनमै उनीहरुले आफ्नो पूर्ववत् योजना अनुसार एटिएमको पिन ह्याक गरेर रकम झिक्न सुरु गरे । प्रहरीले ह्याकरको साथबाट अहिलेसम्म १ करोड ३६ लाख रुपैयाँ बरामद गरिसकेको छ । विभिन्न बैंकहरुले भने आफूहरुको ५ करोड रकम गायक भएको जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved