दर खाने दिन नगरसभा बोलाएको भन्दै बैठक बहिस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 12:55:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बाराको निजगढ नगरपालिकाको चौथो नगरसभा जनप्रतिनिधिले बहिस्कार गरेका छन् । मेयर सुरेशकुमार खनालले सल्लाह नै नगरी दर खाने दिन बैठक बोलाएर महिलाको अपमान गरेको भन्दै नेकपाबाट निर्वाचि स्थानीय जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेका हुन् । 

उपमेयर लिलादेवी लामिछानेका अनुसार महिलाले मनाउने चाडमा महिलाको नै अपमान हुने गरि आजकै दिन बैठक बोलाइएको कारण बहिष्कार गरिएको बताईन । मेयर खनालले बिहान ११ बजेलाई कार्यपालिका बैठक र दिउँसो १ बजे नगरसभा बैठक बोलाएका थिए । वडा नं. २ का अध्यक्ष केशव ढोडारीले बैठकको तीन दिन अघि जानकारी आउनुपर्ने भएपनि आइतबारको बैठकका लागि शनिबार मात्र मोबाइलमा म्यासेज आएको बताए । असन्तुष्ट जनप्रतिनिधिले मेयर खनालले एकलौटी निर्णय लाद्न खोजेको भन्दै विज्ञप्ति जारी गरेका छन् । 

मेयर खनालले भने असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको तर झुठा अरोप लगाएर बैठक नै बहिष्कार गरिनु दुखद भएको प्रतिक्रिया दिएका छन् । नगरसभा बैठकमै महिला जनप्रतिनिधिलाई दर खुवाउने तयारी भईरहँदा महिलाकै अपमान भयो भन्नु जायज नभएको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved