चिनियाँ ह्याकरले एटिएमबाट कति पैसा निकाले ? यसो भन्छ प्रहरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 01:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आएर एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक प्रहरीको फन्दामा परेका छन् । शनिबार मध्यरातमा राजधानीको दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा झिक्दा झिक्दै एक जनलाई पक्राउ गरि उनको पिछा गरेर बाँकी ४ जनालाई प्रहरीले समातेको थियो । उनीहरुलाई प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् । अरु ३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । 

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार ह्याकरले नेपाली बैंकका एटिएमबाट १ करोड ६८ लाख ५४ हजार ७२० रुपैयाँ झिकेका छन् । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१ सहित अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रासहित करिब १ करोड ३६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

नेपालका बैंकहरुमा ४ वटा स्वीच प्रयोग हुँदै आएका छन् । एनआइबिएल, हिमालय र नेप्ससहित प्रयोग हुने स्वीचमध्ये ह्याकरले नेप्सको स्वीच प्रयोग गरेका छन् । नेप्समा हालसम्म १५ बैंक आवद्ध छन् । चिनियाँ ह्याकरले पैसा निकाल्न भिसा प्रणाली प्रयोग गरेको प्रहरीले जनाएको छ । 

बैंकले बिदाको समयमा २० देखि २५ लाख एटिएममा राख्ने गर्दछन् । सोही पैसालाई तार्गेट बनाएर ह्याकरको गिरोह काठमाडौँ झरेको प्रहरीको अनुमान छ । समयमै जानकारी पाउँदा मोटो रकम लुटिनबाट जोगिएको र यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले जारी गरेको विज्ञप्तिः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved