एटिएम ह्याक प्रकरणको छानबिन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 05:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एटिएम ह्याक प्रकरणबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकले छानविन समिति गठन गरेको छ । शनिबार एटिएम ह्याक गरि ५ जना चिनियाँ नागरिकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ निकालेको घटना छानबिन गर्न राष्ट्र बैंकले बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति बनाएको हो । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि सम्बन्धि विज्ञ र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको प्रतिनिधि समितिको सदस्य छन् । समितिले ढिलोमा बुधबारसम्म बुझाउने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved