काभ्रेमा पनि देखियो डेङ्गु, यस्ता छन् बच्ने उपाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 05:43:23 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको खानीखोला गाउँपालिकामा डेङ्गुबाट सङ्क्रमित एक पुरुष भेटिएका छन् । डेङ्गुबाट सङ्क्रमित ती पुरुषको मकवानपुरको हेटौँडामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कामको सिलसिलामा हेटौँडा लगायत तराईका विभिन्न जिल्लामा आवतजावतका क्रममा खानीखोलाका एक पुरुषमा केही दिन अघि मात्रै डेङ्गुका लक्षण देखिएपछि उहाँलाई उपचारार्थ नजिकै रहेको हेटौँडास्थित अस्पतालमा उपचार गर्न पठाइएको कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउनु र पाँचदेखि सात दिनसम्म रहनु, सहन नसक्ने गरी टाउको दुख्नु, आँखाको नानी तथा पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी र मांशपेसी दुख्नु, शरीरमा बिमिरा आउनु तथा वाकवाकी लाग्ने, पेट दुख्नु, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु तथा बेहोस हुने लक्षण देखिन्छ ।

जिल्लामा डेङ्गु सङ«क्रमित व्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गरेको छ । “डेङ्गु रोगथामका लागि जिल्लाका १३ वटै स्थानीय तहमा ¥यापिट टिम खडा गरिसकिएको छ”, जनस्वास्थ्य निरीक्षक मिश्रले भने  । उनका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिएको छ ।

डेङ्गुका लक्षणहरु 

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने,  रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ  । त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु  देखा पर्छन । शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ ।  साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।  शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ । 

अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ । यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ । 

डेङ्गुले निम्त्याउने जोखिम 

  • फोक्सोमा पानी जम्ने
  • पेटमा पानी जम्ने
  • रक्तश्राव हुने 
  • मृगौला ड्यामेज हुने 
  • एक पटक डेङ्गुभै सकेको मानिसमा धेरै जोखिम हुन्छ  ।


डेङ्गुबाट बच्ने उपाय 

  • लामखुट्टेको टोकाइबाट बच्नुपर्छ  । 
  • घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।  
  • घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
  • लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
  • झ्याल ढोकामा जाली राख्नु पर्छ । 
  • शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ । 
  • सरसफाइमा ध्यान दिनुपर्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved