एटिएमबाट पैसा चोर्ने चिनियाँ समुहका थप एक जना प्रक्राउ (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 10:03:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एटिएमबाट पैसा चोर्ने चिनियाँ समुहका थप एक जना पक्राउ परेका छन्  । प्रहरीले राति चीन फर्कने तयारीमा रहेका बेला उनलाई विमानस्थलबाट पक्पराउ गरेको हो    । 

 महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सु लु सिङ नाम गरेका चिनियाँ नागरिक छन्। परिसरका एसएसपी उत्तमराज सुवेदीले उनीबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । सु एटीएम ह्याकरमध्येका एक भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

यस अघि प्रहरीले ५ जनालाई आइतबार पक्राउ गरि सार्वजनिक गरेको थियो ।  उनीहरुले नेपाली बैंकको ३ करोड ४५ लाख निकालेको खुलेको छ   । जस मध्ये  भारतबाट  नेपाली बैंकको थप १ करोड ५ लाख भारतीय रुपैयाँ निकालेको खुल्न आएको छ ।  

यस घटना छानविन गर्न नेपाल राष्ट्र बैंकले छानविन समिति गठन गरेको छ ।  बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति गठन भएको हो । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि सम्बन्धि विज्ञ र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको प्रतिनिधि समितिको सदस्य छन् । समितिले ढिलोमा बुधबारसम्म बुझाउने जिम्मेवारी पाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved