एटिएम ह्याक प्रकरण: चिनियाँले लुटेको पैसा साटिदिने ३ नेपाली पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 02:25:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एटिएमबाट पैसा चोर्ने चिनियाँ समुहलाइ सघाएको आशंकामा ३ जना नेपाली नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले ठमेल बाट ३ जना पक्राउ गरेको हो  । 

प्रहरीले ठमेलमा रहेको डेक्सो मनि चेञ्जरका सञ्चालक वेदनाथ लामिछाने र नेपालय मनि चेञ्जरका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेको आशंकामा नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन्।

आइतबारपक्राउ परेका चिनियाँ नागरिकले एटिएमबाट पैसा निकालेर  यी दुई मनी चेन्जरमा  २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साटेको देखिएको छ । 

पैसा निकालेका ४ चिनियाँहरु यी मनी चेन्जरमा गएर पैसा साटेको सिसिटिभी फुटेजमा देखिएको छ । प्रहरीले दुवै मनि चेञ्जरका सीसीटीभी फुटेज समेत लिएर अनुसन्धान गरिरहेको छ। 

यस संगै यस घटनामा प्क्राउ पर्नेको संख्या ९ पुगेको छ । प्रहरीले आइतबार ५ जना चिनियाँ नागरिक, सोमबार बिहान चिनियाँ मुलका एक जना फ्रान्सेली नागरिक र ३ जना नेपाली नागरिकलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको हो । 

उता राष्ट्र बैंकले पनि यस घटनाको छुट्टै छानविन गरिरहेको छ ।  बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समितिले गठन भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved