दोस्रोपटक भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीद्वारा मन्त्रीहरुसँग छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 01:04:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग सरकारका कामकारबाहीबारे आज पनि छलफल गरेका हुन् । 

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले भिडियो कन्फरेन्समार्फत सोमबार सरकारका पछिल्ला कामकारबाहीबारे प्रधानमन्त्रीले छलफल गर्नुभएको जानकारी दिए । रिमालले प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग कामको अपडेट लिने र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बताए । 



यसअघि गत भदौ ९ गते सिंगापुरबाट प्रधानमन्त्री ओलीले पहिलोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक राखेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved