कुकुर मार्ने मेयर विरुद्ध उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 04:18:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भुस्याहा कुकुरलाई मार्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरसहित तीन जनाविरुद्ध उजुरी परेको छ । भुस्याहा कुकुरलाई नियन्त्रणमा लिन निर्ममतापूर्वक कुटेर मारेको भन्दै मेयर दिपनारायण रिजाल, दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भइ हाल मेयर रिजालको घरमा बस्दै आएका श्रेष्ठ थरका एक जनाविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।

घरपालुवा तथा सडकमा छोडिएका कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेनरी एसोसिएशनका डा. सिताराम यादवले उजुरी दिएका हुन् ।

मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपक्षीसम्बन्धी कसुर बमोजिम अपराध भएकाले कानुनी कारबाहीका लागि उजुरी दिइएको उजुरीकर्ताले जानकारी दिएका छन् । 

गत शनिबार दिक्तेलको त्रिवेणी चोकमा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved