अफगानिस्तानमा तालिवानको हमला, २ नेपाली सहित १६ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 08:54:25 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

सोमबार राति अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोटमा  १६ जनाको ज्यान गएको छ । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परि अन्य  एक सय १९ जना घाइते भएका छन्।

घटनामा नेपालीको पनि मृत्यु भएको पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। स्रोतका अनुसार बिस्फोट भएको ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत २ नेपाली नागरिकको मृत्यु भएको हो ।

कान्तिपुरका अनुसार मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोल्पाका चन्द्र पुन रहेका छन् ।  यद्यपि दुतावासबाट यसको औपचारिक पुष्टि हुन् बाँकी छ ।

तालिवानी समुहले उक्त घटनाको जिम्मा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved