चिनियाँ ह्याकरको कब्जामा परेको नेप्सले भन्यो 'हामी अन्तर्राष्ट्रिय स्तरको'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 07:39:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)ले आफ्नो सिस्टम प्रयोग गरी चिनियाँ ह्याकरहरुले ठुलो रकम चोरी गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । रकम चोरी भएपछि बिज्ञप्ति निकाल्दै नेप्सले यस विषयमा छानविन भईरहेको जनाएको हो ।

साथै नेप्सले आफ्नो सिस्टम अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको समत दाबी गरेको छ । नेप्सले आफुहरु पीसीआई स्ट्याण्डर्ड काउन्सिलबाट तोकिएको स्ट्याण्डर्ड ३.२.१ प्रमाणित भएको जनाएको हो । पीसीआई स्ट्याण्डर्ड काउन्सिल विश्वभरका कार्ड कम्पनीहरुले खोलेको अन्तराष्ट्रिय संस्था हो ।  यसले कार्डहरुको स्ट्याण्डर्ड तोक्ने गरेको छ । 

साथै नेप्सले केहि समयको लागि आफ्ना सदस्यहरुको एटिएम कार्डबाट अन्तर बैंक कारोबार नहुने प्रष्ट पारेको छ । अर्थात् ग्राहकले जुन बैंकको कार्ड छ , त्यहि बैंकको एटिएम मासिनबाट मात्र पैसा झिक्न सक्ने छन् । नेप्सेले यस घटनाबाट ग्राहकको खातामा रकम सुरक्षित रहेको र सुरक्षित कारोबार गर्न र गराउन आफुहरु कटिबद्ध रहेको जनाएको छ । नेप्सको सिस्टम प्रयोग गरी शनिवार चिनियाँ ह्याकरहरुले ३ करोड ४५ लाख बढी रकम चोरेका थिए । 

हाल नेप्समा ११ बाणिज्य बैंक र ७ विकास बैंक आबद्द छन भने नेप्समा १५ बैंक वित्तीय संस्थाको लगानी छ। यसको संचालक समितिको अध्यक्षता सनराइज बैंकले गरेको छ भने अन्य ७ बाणिज्य बैंक सदस्य छन। नेप्सले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिने गर्दछ।हाल नेप्समा प्रभु , सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन, एनआईसी एसिया, बैंक अफ काठमाडौँ, प्राइम, नेपाल बंगलादेश, र ग्लोबल आईएमई आवद्द छन् ।  त्यस्तै विकास बैंक मध्ये देव , ज्योति, ओम, शाइन रेसुंगा, शंग्रिला, एक्सेल र लुम्बिनी रहेका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved