दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 06:17:06 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बुधबार दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने विषयमा छलफल भएको थियो ।

अग्रिम टिकट बुकिङ खुलाउन प्रयाप्त पूर्व तयारी नभएकाले अर्को साता पुन: छलफल गर्नेगरी बैठक टुगिएको थियो । 'अग्रिम टिकट बुकिङ खुलाउने विषयमा अर्को साता छलफल गर्दैछौं । बुकिङ खुलाउन पूर्वका तयारी बाँकी छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, 'अर्को साता भित्रमा आवश्यक तयार पुरा हुनेछ । असोजको पहिला साता भित्रमा बुकिङ खुल्ला हुन्छ ।’

अग्रिम टिकट बुकिङको सन्दर्भमा छलफल गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहिबार बैठक डाकेको छ । महासंघले बैठकबाट गाडीको विवरण तयार पारेर विभागलाई बुझाउने छ ।त्यही विवरणका आधारमा अर्को साताको बैठकले अग्रिम टिकट खोल्ने मिति तय हुने महासंघका प्रवक्ता सरोज सिटौलाले बताए ।

बैठकमा व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस थप नभएकाले यात्रुको व्यवस्थापन गर्न भने कठिन हुने बताएका थिए । अघिल्ला वर्षमा समितिले बसको व्यवस्थापन गर्ने गरेको थियो । यस वर्ष रुपान्त्रित कम्पनी मर्फत बस सञ्चालन हुँदैछ । समिति क्रियाशिल छैनन् ।’ उपत्यकाबाट बाहिरिने बसमा यात्रु भरिभराउ हुन्छन् । तर उपत्यका भित्रिने बस खाली हुन्छन् । यस समस्यालाई सम्बोधन गर्न व्यवसायीले विभागसँग अनुरोध गरेको छ ।

 हेल्प डेस्क 

दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुलाई ठगीबाट बचाउन यातायात व्यवस्था विभागले १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । चाडपर्वको अवसर पारेर यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुल्ने गरेका छन् । महंगो भाडाका कारण यात्रुलाई आर्थिक भार नपरोस् भनेर विभागले नागरिक सहायता कक्ष सञ्चालन गरेको महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । हमालका अनुसार नागरिकलाई सेवा प्रदान गर्न असोज १० गतेदेखि १८ गतेसम्म सेवा कक्ष सञ्चालन गरिने छ ।काठमाडौंका स्वयम्भू  , नयाँ बसपार्क, माछापोखरी, कलंकी, नागढुंगा,  बल्खु , कोटेश्वर, गौशाखा, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ् , ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा सेवा कक्ष राखिनेछ ।

यात्रुको बढी भीडभाड हुने स्थानमा सेवा कक्ष सञ्चालन गर्न लागिएको हो । सेवा कक्षमा यातायातका कर्मचारी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी र उपभोक्ता हितका सम्बन्धमा कार्य गर्ने संस्थाका प्रतिनिधि रहनेछन् । यसले नागरिकको गुनासो सम्बोधन गर्नेछ । महानिर्देशक हमालका अनुसार बढी भाडा लिने, ठगी र दुव्यवहार नियन्त्रण गर्न सहायता कक्ष उपयोगी हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved