प्रहरी हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 07:36:43 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी हुँ भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धर्मगुरु आनन्द छोरोदीलाई तेह्रथुम आठराई गा।पा वडा नं।१ घर भई हाल काठमाडौँ सामाखुशी बस्ने भक्त बहादुर लिम्बुले आफु अपराध महाशाखाको असई हुँ भनी डर धम्की दिई अवैध रुपमा रकम असुल गर्न खोजेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । 

प्रहरीले ठमेलको क्षेत्रपाटीबाट ताप्लेजुङ्, ताप्लेथोक घर भई हाल सामाखुशी बस्ने हिमाल लिम्बुलाई पक्राउ गरेको छ । उनीहरुमाथि अहिले अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिएका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved