फर्निचर एक्स्पोमा १२० स्टल रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 07:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पुरा भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भदौ २५ देखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पुरा भएको संघका अध्यक्ष रुपेश प्रधानले जानकारी दिए । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि प्रदर्शनीमा राखिनेछन् । 

५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० स्टल रहनेछन् । सन् २०१२ देखि यो एक्स्पो हुँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved