कांग्रेसले भन्यो, ‘नेपाल हिन्दु राज्य हुँदैन, फाइनल कुरा यही हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 01:36:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल अब हिन्दु राष्ट्र नहुने प्रष्ट पारेका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानको घोषणा कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएको भन्ने हल्ला निराधार भएको बताए । 

धर्म निरपेक्ष लेखेको संविधान जारी गर्ने नेतृत्व कांग्रेस नै भएकाले संविधान विपरित कांग्रेस हिड्न नसक्ने बताए । ‘संविधान बनाउने नेतृत्व नेपाली कांग्रेसले गरेको हो,’ उनले भने, ‘कांग्रेसलाई धर्म निरपेक्षता स्वीकार्य छ, हिन्दु राज्य नामाकरण गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छैन, फाइनल कुरा यही हो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved