रवी लामिछानेका 'मालिक' लाई किशोर श्रेष्ठले पढाए पत्रकारिताको पाठ ! (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 05:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र टेलिभिजन प्रस्तोता रबी लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सिधा कुरा जनतासँग’का उत्पादक दीपक बोहराबीचको टेलिफोन संवाद बाहिरिएको छ । संवादमा कार्यबाहक श्रेष्ठले बोहरालाई पत्रकारिताको पाठ पढाएका छन् ।

रवीको कार्यक्रममा आफ्नो रातो पासपोर्ट खोसिएको गलत रिपोर्ट बजाएकोमा श्रेष्ठले प्रश्न गरेका छन् । उनले यस विषयमा आफुलाई एक पटक पनि नसोधिएको र सम्बन्धित व्यक्तिसंग सोधेर भेरिफाई गरेर मात्र रिपोर्ट बनाउन सुझाव दिएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘म हाल पनि रातो पासपोर्ट बोकेरै हिडेको छु, भोली आउनुस् खिचेर लैजानोस् ।’ श्रेष्ठले बोहोरालाई कार्यक्रम प्रोड्युसरको नाताले त्यसको जिम्मेवार तपाईले लिनुपर्ने भन्दै बोहोरालाई जवाफ माग गरेका छन् । कुराकानीमा श्रेष्ठले आफ्नो पद खोस्न रबी र बोहोराले निकै प्रयास गरेको भन्दै बोहोरालाई झपारेका छन् । ‘‘अनावश्यक पंगा नलिनुस् । आचारसंहितामा बस्नुस् । सिद्धान्तमा बस्नुस् । गरेर खानुस् । मेहनत गर्नुस् भनेको हो कि होइन ? रबीलाई अमेरिकाबाट नेपाल आएर प्रेसपास लिनुस् पहिले नै भनेको हो कि होइन ?’ श्रेष्ठले बोहोरालाई भनेका छन्, ‘एउटा नियामक संस्थाले बोलाउँदा बोलाउँदा न आउने तपाईहरु राजा माहाराजा हो ?’ श्रेष्ठले आफुले चाहे एक मिनेटमा रवीलाई सिध्याउन सक्ने तर त्यसो नगर्ने बताएका छन् ।

तर जवाफमा बोहोराले आफू कार्यक्रम उत्पादको भूमिकामा रहेपनि गल्तीको जिम्मा लिन नसक्ने भन्दै पन्छिन खोजेका छन् । उनले ‘मलाई थाहा छ दाई, तपाईले उत्पादन गरेका मान्छे ठाउँमा छन्, म तपाईलाई काउन्सिलमै भेट्न आउँछु ।’ भनेको संवादमा सुन्न सकिन्छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved