मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 08:58:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकलाई गुणस्तर बनाउँन सुपरीवेक्षण परामर्श खोजिएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले सुपरीवेक्षण परामशदाता खोज्न आसय माग गरेको हो ।

साँघुरो मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिदैछ । सडक विस्तारको जिम्मा पाउने ठेकेदारको अनुगमन तथा निरीक्षण गर्न परामर्शदाता माग गरिएको हो । यसका लागि साउन २७ गते आसय माग गरिएको छ । सुपरीवेक्षण गर्न इच्छुक परामर्शदाताले आसय माग गरिएको ३० दिनभित्र आवेदन दिनुपर्ने हुन्छ । सुपरीवेक्षका लागि छनोट हुने परामर्शदाताले सडक निर्माणको जिम्मा पाउने ठेकेदारको कार्यको अनुगमन तथा निरिक्षण गर्नुपर्ने हुन्छ ।

परामर्शदातासँग नौ वर्षको सम्झौता गरिनेछ । तीन वर्ष निर्माण अवधि, एक वर्ष दायित्व अवधि र पाँच वर्ष बिग्रे भत्केको स्थानको मर्मत गर्नुपर्नेछ । निर्देशनालयले एडीबीको सहुलियत ऋणमा मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्दै छ । ढेड लेनको ९३ किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिनेछ । निर्देशनालयले उक्त सडकलाई दुई चरणमा विस्तार गर्दै छ । पहिलो चरणमा आबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आबुखैरेनी विस्तार गरिनेछ। मुग्लिन–आबुखैरेनी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छैन ।

यस खण्डमा ६७ मेगावट क्षमताको मस्याबदी जलविद्युत् गृह छ। सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो। जलविद्युत् गृहलाई सुरक्षित राख्न निर्देशनालयले मस्याबदी नदीको अर्को किनारबाट सडक विस्तार गर्ने गरी डीपीआर तयार पारिरहेको छ ।

पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घना वस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । खुला ठाउँ र पहाडी वस्ती भएको स्थानमा सडक १८  मिटरसम्मको हुनेछ । सडक विस्तार गर्न २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । एडीबीले १९ अर्ब रुपैयाँ ऋण दिनेछ। एक प्रतिशत ब्याजदरमा २५ वर्षका लागि एडीबीले ऋण उपलब्ध गराउनेछ । एडीबीले एसियाली हाइवे स्ट्यान्डर्ड अन्तर्गत सडक निर्माण गर्न ऋण उपलब्ध गराउनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved