छात्रामाथी एसिड प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 10:32:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बिरगंजमा बिद्यालय जाँदै गरेको अवस्थामा छात्रामाथी एसिड प्रहार भएको छ। १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार बिहान एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।  

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने खातुनमाथि २ युवकले एसिड प्रहार गरेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताएका छन। उनकाअनुसार छपकैयास्थित आफनो घरबाट बिहान विद्यालय जानेक्रममा ती युवकहरुले खातुनमाथि वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन्।

एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया र मक्सेद आलम रहेको शर्माले बताए। उनले भने,‘उनीहरु पक्राउ परिसकेका छन् ।’ एसिड प्रहारले गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको छ ।




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved