देवता मान्नुपर्ने पर्यटकलाई ‘दुहुनो गाई’ ठानियोः प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 10:40:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आउने पर्यटकको सम्मान हुन नसकेको बताएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन एफ नेपाल (टान)को ४१ औं वार्षिक साधारण सभामा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले फेक रेस्क्युको घटना प्रति लक्षित गर्दै ‘अतिथी देवो भव’को मन्त्र बिर्सेर एकैपटक धेरै लाभ लिने पद्धति मौलाएको बताए । 

‘अतिथि देवो भवः हाम्रो मन्त्र हो, तर मैले कतै अन्तरक्रिया गर्दा थाहा पाएको छु, अतिथि देवो भवःको सट्टा अतिथि दुहुनो गाई हो भनेर एकैपटक कमाउने खेल पनि भएको छ’ प्रचण्डले भने, ‘धेरै लोभ गर्दा हानी हुन्छ ।’ उनले विदेशी पहुनालाई सत्कार गरेर अन्तराष्ट्रिय स्तरमा देशको गरिमा कायम राख्नुपर्ने र पर्यटनमार्फत मूलुकको आर्थिक समृद्धि सम्भव हुने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved