कर्मचारीले सहसचिव र उपसचिवको परीक्षा दिन नपाउने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 02:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

निजामती सेवामा कार्यरत कर्मचारीले अब उपसचिव र सहसचिवमा खुला परीक्षा दिन नपाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गरेको हो । 

निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षा दिन कार्यरत सेवाबाट राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ । यदि यसरी राजीनामा दिएर खुला प्रतिस्पर्धामार्फत परीक्षा उतीर्ण गरेमा राजीनामा दिएको मितिभन्दा अगाडी गरेको सेवा अवधि गणना हुने छैन । 

हाल निजामती कर्मचारीले सेवामा बहाल रहेरै उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने प्रावधान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved