भद्रगोलको नयाँ ‘एपिसोड’ सुप्पर डुप्पर फ्ल्प !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 01:07:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिभिजनबाट प्रशारण भएको हास्य टेलिश्रृंखला भद्रगोलको नयाँ ‘एपिसोड’ सुप्पर डुप्पर फ्ल्प भएको छ । ६ हप्तापछि पुनः प्रशारणमा आएको उक्त अंक युट्युबमा हेर्ने दर्शकहरुले नरुचाएको प्रष्टै देखियो । 

यसअघि भद्रगोलमा निकै रुचाईएका निर्देशकद्वय अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) सहित २१ जनाो टिम बाहिरिएपछि नयाँ टिमले भद्रगोल प्रशारणमा ल्यायो । नयाँ निर्देशक बनेर टिममा आएका ज्योती काफ्ले (मंगल थारु) र अशोक धिताल (बाहुन डन) को निर्देशन कलालाई दर्शकले रुचाएनन् । 

गत शुक्रबार प्रशारित भद्रगोलको २२० औँ श्रृङ्खला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा छ । करिब ६ लाख ९० हजार दर्शकले हेरेको उक्त भिडियोमा ‘लाईक’ गर्नेको संख्या १७ हजार र ‘डिसलाईक’ गर्ने २० हजार छन् । भद्रगोल प्रशारणपछि गत शुक्रबारको श्रृङ्खलाले एकैपटक २ ऐतिहासिक रेकर्ड कायम गरेको छ । यति धेरै डिसलाईक पाएको र लाईकभन्दा डिसलाईक धेरै आएको भद्रगोलको इतिहासमा पहिलोपटक हो । 

करिब १२ हजार कमेन्टमध्ये ८० प्रतिशत नकारात्मक छन् । कमेन्ट गर्ने दर्शकले भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved