चाडपर्व लक्षित ७३ वटा सहुलियत पसल, कुन बस्तुमा कति छुट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 07:01:37 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं, तिहार र छठ पर्वका लागि सरकारले ७३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको दर टुंगो लगाएको हो ।

वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले सञ्चालन गर्ने ती पसलमध्इे काठमाडौंमा ३ वटा घुम्ती पसल रहने छन् । वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने जानकारी दिए ।

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायतका ९ वटा र ३ वटा घुम्तीसहित साल्ट ट्रेडिङले उपत्यकामा १२ वटा पसल सञ्चालन गर्ने छ । उपत्यका बाहिर साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन गर्ने छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्याकामा ५ र बाहिर १८ वटा पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले काठमाडौंमा ४ र काठमाडौं बाहिर ११ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । यसपटक भदौ २३ गते देखि कात्तिक १६ गतेसम्म सहुलियत पसल सञ्चालन हुनेछन् । 

सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा प्रति किलो ५ रुपियाँ  नुनमा प्रतिकलिो २ रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिईनेछ । डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved