चेम्बरका उपाध्यक्षबाट अर्थमन्त्रीको प्रशंसा, भने,'गलत तत्वलाई बहिष्कार गर्नुपर्छ' (भिडीयो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 12:25:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले बिगतमा जस्तो अस्थिर नीति नरहेकाले नेपालमा लगानीको लागि राम्रो अवसर भएको बताएका छन। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौँ बार्षिकोत्सव तथा साधारण सभामा बोल्ने क्रममा उपाध्यक्ष मलहोत्राले बिगतमा जस्तो ९-९ महिनामा सरकार बन्ने र नीतिगत अस्थिरताको यात्रा नेपालमा ३८ बर्षपछि समाप्त भएको भन्दै अहिले अर्थतन्त्रलाई सहि दिशामा लैजाने अवसर भएको बताए। 

मलहोत्राले सहि दिशामा लैजाने क्रममा व्यवसायीलाई तत्काललाई केहि अप्ठ्यारो भएपनि बिज्ञ अर्थमन्त्री डा युबराज खतिवडाको पालामा नै व्यवसायीलाई सहज अवस्था आउने बिश्वास व्यक्त गरे।  उनले अर्थमन्त्रीको प्रशंसा गर्दै भने, 'बिगतमा औपचारिकता पुरा गर्नलाई मात्र व्यवसायीलाई नीति निर्माणमा सामेल गरिन्थ्यो तर अहिले कार्यन्वयन गर्ने गरि नै सरकारले व्यवसायीलाई नीति निर्माणमा सामेल गरेकाले सरकारको यस्तो कामले व्यवसायीलाई प्रोत्साहन मिलेको छ।' 

पत्रकारिता, ब्यापारिक लगायतका हरेक क्षेत्रमा गलत तत्व हुने भन्दै मलहोत्राले अहिलेपनि सरकारले गर्न खोजेका राम्रा कामको बिरोध तिनै तत्वबाट भएको बताए। 'प्यान, भेइकल ट्रेकिंङ जस्ता राम्रा बिषयमा पनि बिरोध भएका छन, त्यसैले यस्ता गलत तत्वलाई सबैले बहिष्कार गर्नुपर्छ' मलहोत्राले भने। 

बाँकी भिडियोमा 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved