उद्घाटन कै दिन 'स्टार्ट' भएन विद्युतीय बस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 02:48:14 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्घाटन कै दिन सुन्दर यातायातको इलेक्ट्रिक बसमा समस्या देखिएको छ । सोमबार काठमाण्डौ स्थित महेन्द्र पुलिस क्लबमा आज उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका हुन्। 

कम्पनीले उद्घाटन समारोहको लागि एउटा रातो र एउटा हरियो गरी २ वटा गाडी राखेको थियो । उद्घाटनपछि तिनै गाडीमा उद्घाटन समारोहमा उपस्थितहरुलाई टुडिखेल  परिक्रमा गराउने कार्यक्रम थियो । जस अनुसार उपप्रधान एवं रक्षामन्त्री पोखरेल सहितको एउटा टोली हरियो बस चढेर टुडिखेल परिक्रमाको लागि निस्किए। 

हरियो बसमा नअटेकाहरु  टुडिखेल परिक्रमाको लागि रातो बसमा चढे । तर बस चढेको १५ मिनेटसम्म पनि बस स्टार्ट नै भएन । इलेक्ट्रिक बसको अनुभव लिन बस चढेकाहरु १५ मिनेटसम्म पनि बस स्टार्ट नभएपछि ओर्लिए । हरियो बस फर्केर आएपछि बाँकिलाई  टुडिखेल परिक्रमाको लागि लगिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved