यस्ता छन् नेपाल र चीनबीच भएका ३ सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 06:09:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीनबीच तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा भएको चीनका विदेशमन्त्री वाङ यी तथा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको भेटवार्तामा तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

जस अनुसार मनाङमा चीनले अस्पताल निर्माण गर्ने भएको छ ।  अस्पताल निर्माण परियोजनाको सम्झौतापत्रमा ‘चाइना इन्टरनेसनल कोअपरेसन एजेन्सी’का उपाध्यक्ष बेङ ओ चेङ र नेपालका अर्थ सचिव डा. राजन खनालले हस्ताक्षर गरेका हुन्। त्यस्तै आपतकालीन विपदका लागि चीनले पाँच हजार थान त्रिपाल लगायतका सामग्री सहयोग प्रदान गर्ने हस्ताक्षर समेत भएको छ    ।

त्यस्तै नेपालस्थित शैक्षिक प्रतिष्ठानमा चिनियाँ स्वयंसेवीले चिनियाँ भाषाको अध्यापन गर्न पाउने सम्झौता पनि भएको छ । यस सम्झौतामा नेपालस्थित चिनियाँ राजदूत हाउयाङ सी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले हस्ताक्षर गरेका हुन् ।

उच्चस्तरीय भेटवार्तामा दुई देशका सम्बन्ध फराकिलो बनाउन बीआरआई परियोजनाको कार्यान्वयनमा तीब्रता दिने, चीनले नेपाललाई दिने आर्थिक सहयोग वृद्धि गर्ने तथा सम्पदा संरक्षणमा भूमिका निर्वाह गर्ने विषयमा थप पहल गर्ने विषयमा छलफल भएको थियो ।

आइतबार नेपाल आएका विदेशमन्त्री वाङ आज मंगलबार  चीन फिर्ता हुने कार्यक्रम रहेको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved