राजधानीमा गुड्न थाले विद्युतीय बस, ३ दिन निशुल्क सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 06:26:49 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा पुनःविद्युतीय बस गुड्ने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विद्युतीय बसको शुभारम्भ गरेका हुन् । उद्घाटनपछि मन्त्री पोखरेले विद्युतीय बसमा टुडिखेल परिक्रममा गरे ।

चक्रपथमा बुधबारबाट विद्युतीय बस सञ्चालन हुने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘चारवाट बसबाट सेवा सुरु गरिनेछ,’ थापाले भने, ‘पहिलो तीन दिन यात्रुलाई निःशुल्क सेवा प्रदान गरिनेछ ।’

सुरुवाती चरणमा सुन्दरले १०.५ र ८.५ मिटरका दुई÷दुई बस सञ्चालन गर्नेछ । १०.५ मीका दुई बसको सिट क्षमता ४० छ भने ३० जना उभिएर यात्रा गर्न मिल्छ । ८.५ मीका दुई बसको सिट क्षमता ३० छ भने २० जना उभिएर यात्रा गर्न मिल्छ । यी बसमा लिथियम आयोन फोस्फेट ब्याट्रि जडान गरिएको छ ।

यी बस फूल चार्ज गरेपछि २६५ किलोमिटरसम्म गुड्न सक्ने छन् । यसको उच्चतम गति प्रतिघण्टा ६९ किलोमिटरसम्म छ । यसका ग्राउन्ड क्लियरेन्स २२० एमएम र २०० एमएम छ । १०.५ को मूल्य एक करोड ६२ लाख र ८.५ को मूल्य एक करोड ४२ लाख रुपैयाँ बताइएको छ । यी बस चिनियाँ कम्पनी सेन्जेन बीएकेले उत्पादन गरेका हुन् । 

लसम्म सरकारले विद्युतीय बसको भाडा निर्धारण गरेको छैन । भाडा निर्धारण नभएसम्म अन्य बसमा भन्दा २० प्रतिशत कम भाडा लिएर चलाउने सुन्दर यातायातले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved