सिंहदरबार र हैदरावादबाट स्विच थिचेर यसरि हुदैछ पाइपलाईन उद्घाटन (तस्विर सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 07:26:13 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज मङ्गलबार उद्घाटन हुदै छ। भारतको मोतिहारी देखि नेपालको अमलेखगंजसम्म पेट्रोलियम पाईपलाईनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा डिजिटल प्रणालीवाट एकसाथ गर्न लागेका हुन।  

ओलीले सिंहदरबारबाट र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकैसाथ परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन आज (मंगलबार) दिउँसो १२ बजे हुँदैछ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल भित्रने छ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ। मोतिहारी-अमलेखगन्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर छ। जस मध्ये नेपालतर्फ ३६ र बाँकि भारतीय भुमिमा छ।

नेपाल आयल निगमका अनुसार पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाउने योजना  छ। तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइने छ । अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण भैसकेका छन्। हाल ती ट्याङ्कीमा तेल भरेर राखिएको छ।

यस पाइप लाईनबाट तेल ल्याउदा चार सय वटा ट्याङकर विस्तापित हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। उनले भने 'हामी व्यापारीलाई मार्का नपर्ने तरिकाले ट्याङकर विस्थापित गर्छौ।'

जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले यो पाइपलाइनमा  खिया नलाग्ने दाबि गरिएको छ। मंगलबारबाट यो पाइपलाईन संचालनमा आएपछि नेपाल-भारत सिमा अन्तर्गतको रक्सौल नाकामा देखिने ट्राफिक जामको समस्या समेत हट्ने बिश्वास गरिएको छ ।  

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुने र मूल्यसमेत घट्ने छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ। ३० महिनाको लक्ष्य राखिएको यो आयोजना १८ महिना मै सकिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved