सभापति भेटेर व्यवसायीले भने ' जेल हाल्ने कानुन नबनोस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 07:58:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले राजस्व चुहावट सम्बन्धि विधयेकमा कैद सजायको ब्यवस्था नराख्न माग गरेको छ  । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन  २०५२ लाई शंसोधन गर्न बनेको बिधेयकमाथी सुझाव दिदै चेम्बरले  कैद सजायको ब्यवस्था नराख्न माग गरेको हो ।

अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वको टोलीले अर्थ समितिका सभापती कृष्ण प्रसाद दहालसंग भेट गरी आर्थिक अपराधमा आर्थिक जरीवानामात्र हुनुपर्ने माग गरेको हो ।टोलीले भुलवस हुन जाने अवस्थामा समेत कैद सजायको ब्यवस्थाले नेपालमा उद्योग ब्यावसाय सञ्चालन गर्ने वातावरण समाप्त गर्ने भन्दै उक्त ब्यबस्था हटाउन आग्रह गरेको हो ।

भेटमा अध्यक्ष श्रेष्ठले आगामि दिनमा सुराकी प्रणाली ब्यवसायको रुपमा बिकास हुने, थुनामा राख्ने प्रावधान खारेज गरिनु पर्ने, बिगोको परिभाषामा थप दस्तुर, ब्याज जरिवाना रकम उल्लेख हुनु सान्दर्भिक नभएको, घर वहाल कर स्थानिय निकायको दायरामा परेको, नियतको ठाउमा जानीजानी शब्द राखिनु पर्ने, कर्मचारी अधिकृतस्तरको हुनुपर्ने, राजस्व चुहावटको छानवीनको सिलसिलामा बैंक खाता तथा सम्पत्ति रोक्का राख्नु पर्ने भएमा अदालतको आदेशमा मात्र गर्नुपर्ने सुझाव दिए । 

राजस्व अनुसन्धानको सिलसिलामा कसैको घर, गोदाम, पसल, कार्यालय, कलकारखाना, उद्योग, वाहन आदि सिलवन्दी गर्नु पर्ने भएमा बढीमा ४८ घण्टा भन्दा बढी गर्न नहुने,राजस्व समेतको छानवीनको कार्य सिघ्रगरी शिलवन्दी खोलीदिनुपर्ने, राजस्वको छानवीन गर्ने समय सीमा ३५ दिनको हुनुपर्ने, महिनौं बषौं सम्म तारिखमा राख्न नहुने ब्यबस्था गर्न पनि श्रेष्ठले आग्रह गरे  ।

त्यस्तै चेम्बरले पचास लाख रुपैया सम्मको विगोमा ६ महिनासम्म कैदको प्रावधान प्रस्ताव गरिएकोमा उक्त कैदको प्रावधान नै खारेज गरिनु पर्ने, जरीवानाको शुरुवाती ५० हजार भएकोमा सो सान्दर्भिक नभएको बताएको छ । दश हजारको राजस्व छलि भएका पनि पचास हजार रुपैया जरीवाना हुन नहुने, जरिवाना विगो वमोजिम हुनुपर्ने, राजस्वको समान बरामद गर्दा वा छानवीन गर्दा वरामद समानको मुल्याङ्कन सम्बन्धित मुल्याङ्कन गर्ने निकाय मार्फत गरिनुपर्ने. राजस्व अनुसन्धान विभागले मुल्याङ्कन थप गर्न नहुने, मुल्याङ्कन गर्दा मालधनीको सहमती नभएमा मालको मुल्यमा भाडा तथा वीमा रकम समेत थप गरी उक्त माल खरिद गर्नु पर्नेमा चेम्बर अध्यक्ष श्रेष्ठले जोड दिए ।

भेटमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दहालले चेम्बर एक सशक्त संस्था भएको हुदा चेम्बरबाट दिइएको सुझाबहरुलाई सम्बोधन गर्न आफ्नो प्रयास रहने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved