पूर्वाधारमा निजि क्षेत्रले लगानी गर्न नसक्ने भट्टराइको दाबि: भिक्षाले बिकास हुदैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 09:05:40 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजको दिनमा निजि क्षेत्रसंग पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने क्षमता नभएको बताएका छन। काठमाण्डौमा आजदेखि सुरु भएको पूर्वाधार सम्मेलनमा बोल्दै डा भट्टराइले निजि क्षेत्रसंग उर्जा, निजगढ विमानस्थल, फास्ट ट्रयाक बाहेकका क्षेत्रमा लगानी गर्न सक्ने क्षमता नभएको बताए। 

आफु प्रधानमन्त्री हुँदा काठमाण्डौ हेटौडा सुरुङ मार्ग बनाउने अनुमति दिएपनि निजि क्षेत्रले काम गर्न नसकेको प्रसंग कोट्याउदै डा भट्टराइले यहि  नै निजि क्षेत्रले पूर्वाधारको क्षेत्रमा काम गर्न नसक्ने उदाहरण भएको बताए। 

सन २०३० सम्म नेपाल मध्य आय मुलुक भएको देश बनिसकेपछि मात्र निजि क्षेत्र पूर्वाधारको क्षेत्रमा लगानी गर्न सक्ने अवस्थामा पुग्ने भन्दै ड़ा भट्टराइले आजको दिनमा निजि क्षेत्रले उद्योगमा लगानी गरेर रोजगारी बढाउने तर्फ ध्यान दिनुपर्ने बताए। 

पूर्वाधारको विकास भिक्षा मागेर होइन 

निजि क्षेत्रसंग पूर्वाधारको क्षेत्रमा लगानी गर्ने क्षमता नभएकाले यसको जिम्मा सरकार आफैले लिनुपर्ने डा भट्टराइको तर्क छ। भट्टराइले  विश्व बैंक जस्ता संस्थाबाट भिक्षा मागेर नभई उनीहरुसंगबाट सस्तो दरमा ऋण लिएर नेपाल सरकार आफैंले पूर्वाधारको क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

ड़ा भट्टराईले चिनियाँ विदेश मन्त्रीले नेपाल भ्रमणको क्रममा दिएको केहि आर्थिक र त्रिपाल सहयोगलाई भिक्षाको संज्ञा दिएका छन। भिक्षा लिनु भन्दा उच्च तहबाट समन्वय गरेर कर्णाली, गण्डकी, कोशी करिडोर मार्फत नेपाल भारत र चीन जोड्न सके यसले नेपालको अर्थतन्त्रमा ठुलो टेवा मिल्ने भट्टराइले बताए।

भट्टराइले सडकमा उद्यमीले लगानि गर्नै नहुने ठोकुवा गर्दै भने 'तपाईको धर्म मुनाफा कमाउने हो, बस्तु र सेवा उत्पादन गरेर रोजगारी सृजना गराउने हो, प्रारम्भिक चरणमा पूर्वाधारमा राज्यले नै पूर्वाधारमा लगानी गर्नु पर्छ।'    

ड़ा भट्टराइले सरकारले काठमाण्डौ तराइ जोड्ने फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएकोमा असन्तुष्टि जनाएका छन। सेनाले ट्रयाक खोल्ने काम गरेपनि अन्य निर्माणको काम सेना बाहेकलाई दिनुपर्ने डा भट्टराइको तर्क छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved