सेनाको अभ्यास तोड्दै प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक, परिवारको नाममा ४३ लाख सेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 02:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सेनाले नेपालको इतिहासमै पहिलाे पटक प्रधानसेनापतिकाे सम्पत्ति विवरण सार्वजनिक गरेकाे हाे।

सेनाले आफ्नो वेबसाईटमार्फत कार्यवाहक प्रधानसेनापति पूर्णचन्द्र थापाको एक वर्षे कार्यकालको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रम गरी सम्पत्ति वितरण सेनाको सार्वजनिक गरेको हो। त्यस अवसरमा उनले सेनामा आवद्ध सबैलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए। 

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५ सय ९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ । त्यसैगरी, दुई वटा बैंकमा ६५ लाख नगद आफ्नो नाममा र श्रीमतीको नाममा ५० हजार नगद रहेको सेनाको वेबसाईटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । 

श्रीमती र छोरीको नाममा बिभिन्न बैंकमा ४३ लाख बराबरको सेयर रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घर जग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ । कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणासमेत गरेका थिए ।

प्रधानसेनापति थापाले सेनाका रथीवृन्द र अधिकृतहरुको सम्पत्तिको छानविनको कामलाई अघि बढाउने योजनाअघि सारे । उनले सेनालाई बदनाम गराउने कुनै काम आफूले गर्न नदिने चेतावनी दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved