राप्ती यातायातको टिकट बस सेवामार्फत काट्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 03:09:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लि. पूर्ण रूपमा अटोमेशनमा गएको छ । प्रविधिको प्रयोग बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिन अटोमेशनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले बताए । 

अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो । 

यो कम्पनीले हाल १०० वटा रुटहरुमा यातायात सेवा संचालन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved