गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाइ नरेश थापा पक्राउ परेका छन् । जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्न्यात समूह र थापाबीच नियमित सम्पर्क हुने गरेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले गृहमन्त्रीलाई ब्रिफिङ गरेको बुझिएको छ ।
प्रहरी महानिरीक्षकको ब्रिफि«पछि गृहमन्त्री थापाले अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रेशसँग सोधपुछ थगरेपछि हिरासतमा लिएको हो ।