दशैँको अग्रिम टिकट बुकिङ खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 05:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने हुने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच बिहीबार असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो ।  

विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारीको भाडा वृद्धि नगर्ने सहमतिमा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको बताए । ‘उपत्यकाबाट बाहिरने यात्रुले असोज ५ गतेदेखि अग्रिम टिकट काट्न पाउनेछन्,’ हमालले भने, ‘यात्रुले आफूलाई पायक पर्ने कुनै पनि काउन्टरबाट टिकट लिन सक्नेछन् ।’ 

महासंघका प्रवक्ता सरोज सिटौलाका अनुसार भाडा समायोजनको जिम्मा सरकारलाई दिएर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको बताए । दसैं, तिहार र छठको अवसरमा लाखौं यात्रु गृह जिल्ला फर्कर्ने गर्छन् ।  चाडको अवसरमा यात्रुलाई सहज यात्रा गर्ने वातावरण सिर्जना गर्न अग्रिम टिकट खुला गरेको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved