आज उपत्यकामा सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 06:59:02 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी मनाईने इन्द्रजात्रा पर्व आज मनाईदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीमा पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत जिल्लामा मनाइन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएर सुरु हुने यो जात्रा रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको विश्वास छ । 

इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved